बाढीको बहावले कमला नदीको बाँध कटान (भिडिओ)

मातृकाको पहलमा अर्थमन्त्रालयद्वारा बाँध बचाउन ५० लाख

जनकपुरधाम । धनुषा-सिरहाको सिमानामा रहेको कमला नदीको बाढीले धनुषातर्फको बाँध कटान गर्न थालेको छ । बाढीका कारण बाँध कटान गर्न थालेपछि धनुषाका पूर्वीक्षेत्रका गाउँहरू जोखिममा परेको छ ।

सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ स्थित किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान गरिएको हो । बाढीका कारण नदीको ६ सय मिटर बाँध जोखिममा परेको छ । बाढीका कारण हुनसक्ने सम्भावित जोखिमबाट स्थानीयहरुलाई सतर्क गराइएको छ ।

धनुषातर्फको किरतपुर र ढोलबज्जमा कमला नदीको बाढी बाँध कटान गरेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले बताए ।

No description available.

बाढीले धनुषाको सबैला नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका गाउँहरु डुबानमा पर्ने खतरा छ ।

मातृकाद्वारा निरीक्षण र पहलकदमी
बाढीको बहावले कमला नदीको बाँध कटान गर्न थालेको जानकारी पाएपछि पूर्वमन्त्री एवम् त्यस क्षेत्रका निर्वाचित सांसद मातृकाप्रसाद यादवले सोमबार राति नै स्थलगत निरीक्षण गरेका थिए ।

निरीक्षणपश्चात् पूर्वमन्त्री यादवले तत्कालै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईलाई प्रभावित क्षेत्र र कटान गरिरहेको कमला नदीको बाँधको निरीक्षण गरी तत्कालै त्यसलाई नियन्त्रण गर्नतर्फ काम गर्न निर्देशन दिए ।

No description available.

मंगलबार बिहान धनुषाका प्रमुख जिल्ला अधिकारी‚ बाँस्तोल र कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख भट्टराईसहितको टोलीले कटान क्षेत्रको निरीक्षण गरेका थिए । निरीक्षणपश्चात भट्टराईले अर्थ मन्त्रालयले विपद् नियन्त्रण गर्ने अपात्कालीन बजेट कटौती गरेका कारण बाँध बचाउन समस्या भएको र आफूसँग कटान क्षेत्रमा बाँध बचाउन र मर्मत गर्न बजेट समस्या भएको जवाफ दिएपछि पूर्वमन्त्री यादवले तत्कालै अर्थमन्त्री जनार्द्धन शर्मा र ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्री पम्फा भुसालसँग कुरा गरे ।

No description available.

अर्थमन्त्रीले बाँध बचाउन तत्कालै ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी गराएको पूर्वमन्त्री यादवले बताए । बाँध बचाउन तत्कालै काम सुरु गर्न अर्थमन्त्रीले आग्रह गरेको र आवश्यकता परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको यादवले मकालु खबरलाई बताए ।

मकालु खबरसँग पूर्वमन्त्री यादवले भने, ‘यही विषयमा जलस्रोत मन्त्रीसँग कुरा गरेको छु, उहाँले पनि तत्कालै काम सुरु गर्नुस्, आवश्यक बजेट दिन्छौँ भनेर भन्नुभएको छ ।’

बाँध कटान गर्न थालेपछि बाढीले डुबान हुनसक्ने क्षेत्रमा प्रहरी परिचालन गरी स्थानीयलाई सतर्क गराइएको र बाँध मर्मतका लागि तत्काल नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरीएको धनुषाका प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *