भि–२१ स्मार्टफोन बजारमा, मूल्य कति ?

काठमाडौं । स्मार्टफाेन कम्पनी  भिभोले भी २१ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ ।

भी २१ भिभो कम्पनीले लामो समयदेखि उत्पादन गर्दै आएको भी सिरिजको अत्याधुनिक स्मार्टफोनमा पर्दछ । यसको क्षमता उच्चस्तरीय हुनका साथै ग्राहकको अभिरुचि अनुसारको सुपथ मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

नयाँ उत्पादित भी २१ मा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) भएको फ्रन्ट क्यामेरा जडान गरिएको छ । यो स्लिक र स्लिम छ । भी २१ मा नयाँ अनुभव प्रदान गर्ने गरी आधुनिक प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ ।

भी २१ मा ४४ एमपी ओआईएस नाइट सेल्फी प्रणालीको फ्रन्ट क्यामेरा राखिएको छ । यो स्मार्ट फोन एमटिके डाइमेन्सिटी ८०० यु प्रोसेसरमा चल्दछ भने यसमा ९० हर्जको डिस्प्ले रिफ्रेस रेट रहेको छ ।

भी २१मा ३३ वाटको फ्ल्यास चार्ज उपलब्ध छ । फोनको मूल्य ४९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *