प्रदेश १

असार महिनाको सर्वोत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक तामाङ

विराटनगर । प्रदेश १ को असार महिनाको सर्बोत्कृष्ट प्रहरीमा ईलामका प्रहरी निरिक्षक किशोर तामाङ घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय ईलाम अपराध अनुसन्धानमा कार्यरत प्रहरी निरीक्षक तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरीको रुपमा घोषणा गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएका छ ।

विभागीय मूल्य-मान्यता, आदेश/निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको हो । कर्तव्य ज्यान जस्तो जघन्य प्रकृतिका अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरुलाई तत्काल घटनास्थलमा पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने काम गरेको प्रदेश प्रहरी कार्यालयको दाबी छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *