डिशहोम फाइबरनेट सेवा धरानमा विस्तार

काठमाडौं । उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डीटीएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले जनाएको छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभिओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेको जनाएको छ । फाइबरनेटका योजनाहरु १० :एमबिपिएस देखि १०० :एमबिपिएस सम्म उपलब्ध छन् ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, ढल्केबर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको डिशहोमले जनाएको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल धरान पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्ने जनाएको छ ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४०००मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *