विराटनगरमा एक पुरुष मृत फेला

विराटनगर । विराटनगरमा एक पुरुष मृत फेला परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ५ मा रहेको बिजुली अफिस अगाडि मोटरसाइकलमा बसेकै अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

सोमबार राती करिब ९ बजेको समयमा को ४ प २३१६ नम्बरको मोटरसाईकलमा मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको मृत्यु के/कसरी भएको हो ? भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *