युनियन लाइफको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ ।  सेयर रजिष्ट्रार सम्बन्धी काम गर्न युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

२०७८ साउन १ गतेदेखि लागू हुने गरी युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ वर्षको लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *