देउवा-मोदीबीच फोन संवाद, मिलेर काम गर्ने वचन

काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको छ । वार्ताका क्रममा मोदीले मिलेर काम गर्न आग्रहसमेत गरेका छन् । बधाई तथा शुभकामना दिएको उल्लेख गर्दै मोदीले ट्वीटरमा लेखेका छन्‚ ‘कोभिड महामारीसँगै विविध क्षेत्रमा मिलेर काम गर्छौँ ।’ उनीहरुबीच दुई देशको सम्बन्धलाई प्रगाढ बनाउनेबारे पनि संवाद भएको छ ।

सो क्रममा देउवाले बधाई दिएकोमा मोदीलाई धन्यवाद दिँदै साझा विषयहरुमा मिलेर काम गर्न तयार रहेको धारणा राखेको थिए । यसअघि गत २८ असार गते सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका देउवालाई मोदीले शुभकामना नदिएको भन्दै धेरै बहससमेत भएका थियो ।

आइतबार (हिजो) सदनबाट विश्वासको मत लिनेबित्तिकै देउवालाई मोदीले ट्वीटरमार्फत मेन्सन गर्दै बधाई दिएका थिए । यसपछि सोमबार (आज) टेलिफोन नै गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =