एमाले : १३ औंपछि १० औं बैठक

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार छोडेपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बसिरहेको छ । बैठक च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान ललितपुरमा बसिरहेको छ । बैठकले पार्टीको निर्देशनविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका २२ सांसदलाई २४ घन्टे स्पष्टीकरणसमेत सोधिसकेको छ ।

एमालेको गत असार १८ गते १३ औं केन्द्रीय कमिटी बैठक बसेको थियो । १३औं बैठकमा सर्वोच्चको फैसलापछि अर्को बैठक बस्ने भनेको एमालेको सोमबार (आज) १०औं बैठक बसिरहेको हो । यो भनेको माओवादी केन्द्रसँग एकतामा बाँधिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्नुपूर्व अवस्था हो । यसपछि एमालेको दुईवटा केन्द्रीय कमिटी बैठक बसेको छ, जसले एमालेले ९औं बैठककै निरन्तरता भन्दै आएको थियो ।
एमाले माओवादीबीच ०७५ जेठ ३ गते भएको हो । त्यही दिन एमालेको ९औं केन्द्रीय कमिटी बैठक बसेको थियो । आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बैठकमा उपस्थित भएन । नेता नेपाल खेमाको प्रमुख माग ०७५ जेठ ३ कै अवस्था थियो ।








