बेलायतमा सङ्क्रमण बढ्दै, ४८ हजारभन्दा बढी सङ्क्रमित
२०७८ साउन ४ गते

|सांकेतिक फाइल फोटो|
लन्डन । बेलायतमा कोरोना महामारीका थप सङ्क्रमितहरु देखिएका बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमितहरू बढेका हुन् ।
दुई महिना अघिदेखि निकै शक्तिशाली रुपमा देखा परेको ‘इन्डियन कोभिड भेरियन्ट’को संक्रमण बेलायतमा हाल तीव्र रुपमा बढ्न थालेको बताइएको हो ।
गएको २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित देखिएको बेलायतका स्थानीय समाचारहरूले जनाएका छन् । योसमेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुने व्यक्तिको संख्या ५४ लाख ३३ हजार पुगेको पनि समाचारमा जनाइएको छ ।
साथै गएको २४ घन्टाभित्र संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । योसहित बेलायतमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख २८ हजार भन्दा बढी पुगेको बताइएको छ ।
-रासस
२०७८ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








