घनश्‍यामले भने- ‘हामी ठूलो दुर्घटनामा परेका छौँ’

काठमाडौँ । एमाले नेता घनश्याम भुसालले संसद जोगाउने कार्यभार पूरा भएको र अब पार्टी जोगाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तिम समयमा आएर विश्वासको मत नदिएका भुसालले अब पार्टी जोगाउनुपर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत भनका छन्, ‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोही पनि सुरक्षित छैनौं । हामी उठ्छौं, धुलो टक्टक्याउॅछौं र अगाडि बढ्छौं ।’

आफूहरु ठूलो दुर्घटनामा परेको उल्लेख गर्दै उाले कोहि पनि सुरक्षित नरहेको तर्क गरेका छन् । अब आफूहरु उठ्ने र धुलो टक्टक्याउॅदै अगाडि बढ्ने समेत उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =