माधव नेपालको प्रतिक्रिया- निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद् बैठकपछि नेपाली जनताको जित भएको बताएका हुन् ।

नेता नेपालले परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताए । ‘संविधानको पक्षमा दलहरूले अभिमत दिनुभएको छ,’ उनले भने, ‘यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो तर त्यो असफल भई निरंकुश प्रवृत्तिमा अंकुश लागेको छ ।’

प्रतिक्रिया

2 thoughts on “माधव नेपालको प्रतिक्रिया- निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित

  1. नेपालमा जनताकाे हित र जित कदापि हुनेछैन जबसम्म राजनीति खिचातानी भईरहन्छ तबसम्म।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 15 =