देउवाले लिए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका छन् । देउवाले ‘विश्वासको मत पाउँ’ भनि राखेको प्रस्तावको पक्षमा १६५ मत ल्याउँदै ‘सदनले विश्वास गरेको छ’ भन्ने पुष्टि गरेका हुन् । योसँगै देउवा नेतृत्वको सरकारले निरन्तरता पाएको छ ।

सर्वोच्च अदालतको परमादेशबाट गत असार २८ गते प्रधानमन्त्री बनेका देउवाले संविधानतः एक महिनाभित्र विश्वासको मत लिनुपर्थ्यो । तर, संविधानको रक्षाका लागि भन्दै देउवाले चाँडै विश्वासको मत लिने भएका हुन् ।

देउवाको प्रधानमन्त्रीत्व कायमका लागि १३६ मत आवश्यक पर्थ्यो । तर, उनले १६५ मत पाए । माओवादी केन्द्र, माधवकुमार नेपाल–झलनाथ खनालपक्षीय एमाले, डा. बाबुराम भट्टराई–उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनबाट प्रधानमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता देउवाले विपक्षमा ८३ मत पाए । जम्मा सहभागीको संख्या २४९ थियो । जसमा राजेन्द्र लिङ्देन भने तटस्थ रहे ।

जनता समाजवादी पार्टी (जसाप) नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले पनि देउवालाई विश्वासको मत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *