माघसम्ममा मूल्यवृद्धि १० प्रतिशतसम्म पुग्न सक्ने प्रक्षेपण

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ७ महिना अर्थात् पुससम्ममा मूल्यवृद्धि बढेर १० प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ । राष्ट्र बैंकको ‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ प्रतिवेदनले यस्तो अनुमान गरेको हो ।

आइतबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनअनुसार आउँदो माघसम्म औषत मुद्रास्फीति दर सरकाले राखेको बाञ्चित सीमाभन्दा निकै बढी हुने देखाएको छ । तर, सरकारले अध्यादेशमार्फत ल्याएको चालू बजेटले मुद्रास्फीति दर साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ ।

उपभोक्ता सर्वेक्षणका अधारमा उक्त प्रतिवेदन तयार पारिएको बैंकले जनाएको छ । सात ओटै प्रदेशका मुख्य सहरमा बसोबार गर्ने ४ सय ८२ जना व्यक्तिसँग प्रत्यक्ष अन्तरवार्ता गरेर उक्त सर्वेक्षण प्रतिवेदन तयार पारेको बैंकले जनाएको छ ।
सर्वेक्षणमा संलग्न ती सबै सहभागीले मुद्रास्फीति बढ्ने अनुमान गरेका छन् । सहभागी मध्ये ८६.९ प्रतिशत उपभोक्ताले ३ महिनाभित्रै र ९४ प्रतिशत उपभोक्ताले १ वर्षभित्रै मूल्य बढ्ने अनुमान गरेका छन् ।

यस्तो मूल्यवृद्धि दर २०७७ माघमा औषत ८ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *