कोभिड प्रभावितलाई सहयोग गर्न सिभिल बैंकसहित ४ संस्थाबीच सम्झौता

काठमाडौं । कोभिड–१९ प्रभावित विपन्न समुदायलाई मानवीय सहयोग कार्यक्रम अघि बढाउन सिभल बैंकसहित ४ संस्थाबीच सम्झौता भएको छ । विपन्न समुदायलाई मानवीय सहयोग गर्न हेल्भेटास नेपाल, क्षिरेश्वरनाथ नगरपालिका र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालबीच एक कार्यक्रमबीच सम्झौता भएको हो ।

कोभिड–१९ को पहिलो र दोस्रो लहरले स्वास्थ्य तथा आर्थिक रुपमा कठिनाई भोगिरहेका डोम, चमार र मुसहर जस्ता विपन्न समुदायका मानिसलाई पुनस्र्थापित गर्न र तङ्ग्रीन सघाउन उक्त सम्झौताले सहयोग गर्न बताइएको छ ।

त्यसले पारेको प्रभावलाई न्यूनीकरण गर्ने अभिप्रायबाट हेल्भेटास नेपाल र स्वीस सोलिडारिटीले कोभिडबाट प्रभावित क्षिरेश्वरनाथ नगरपालिकाका अति विपन्न समुदाय (मुसहर, चमार र डोम)का आधारभूत आवश्यकतालाई सम्बोधन गर्न तिनै विपन्न घरपरिवारको जीविकोपार्जनमा तत्काल टेवा पुर्याउने उद्देश्यले क्षिरेश्वरनाथ नगरपालिकामा छनौट भएका १ हजार २ सय ५० घरधुरीलाई जिविकोपार्जनमा तत्कालका समस्या सम्बोधन गर्न प्रति घरधुरी २० हजार रुपैयाँ अनुदान रकम भुक्तानी सिभिल बैंकले गर्ने छ ।

सिभिल बैंकले छनौट भएका लाभान्वित परिवार र खास गरी महिला सदस्यलाइ घरदैलो मै गएर व्यक्तिगत बैंक खाता खोल्न सहयोग गरी नगद रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाउने सम्झौतामा उल्लेख छ ।

साथै बैंकले उक्त समुदायमा बैंकिङ प्रणाली तथा वित्तीय साक्षरता सम्बन्धी अभियान पनि सञ्चालन गर्ने जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *