सिभिल बैंकले ३ अर्बकाे ऋणपत्र निष्कासन गर्दै

काठमाडौं । सिभिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार अंकित दरका तीस लाख कित्ता ऋण पत्र जारी गर्न लागेको हो ।

‘९% सिभिल बैंक ऋणपत्र २०८८’ नाम राखिएको उक्त ऋणपत्र निष्कासन गर्न सिभिल बैंक, निष्कासन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृती क्यापिटलले आइतबार प्रत्याभूती सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नागरिक लगानीकोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

जारी गरिने ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्कासन अवधिमा माग भए बमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताले लिन मञ्जुर गरेका छन् ।

प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्व, ग्लोबल आइएमई क्यापिटलले रु. ३० करोड, प्रभु क्यापिल लिमिटेडले ३५ करोड रुपैयाँ र माछापुच्छ्रे कृति क्यापिटलले ३५ करोड रुपैयाँ बरावरको ऋणपत्र प्रत्याभुति गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *