साओमी ग्लोबल स्मार्टफोन मार्केटको दोस्रो स्थानमा

काठमाडौं । क्यानालिस ग्लोबल मार्केट रिसर्च फार्मले ग्लोबल स्मार्टफोन मार्केटसम्बन्धी आफ्नो दोस्रो त्रैमासिक रिपोर्ट सार्बजनिक गरेको छ । उक्त प्रतिवेदनअनुसार साओमीले १७ प्रतिशत सेयर र ८३ प्रतिशत एयर अन एयर वृद्धिका साथ एप्पललाई पछाडि पारेर दोस्रो स्थानमा अग्रता लिएको छ ।

साओमीले आफ्नो व्यावसायिक मोडल, च्यानल पार्टनर कन्सोलिडेशन जस्ता विषयको कुशल व्यवस्थापनका कारण उक्त सफलता हात पारेको क्यानालिसले जनाएको छ । क्यानालिसले प्रतिवेदनमा भनेको छ– ‘साओमीको नयाँ लक्ष्य भनेको सामसङलाई विश्वको सबैभन्दा ठूलो विक्रेता बन्न बाट पछि पर्नु हो ।’

साओमीका संस्थापक, अध्यक्ष र मुख्य कार्यकारी अधिकृत लेई जुनले सबै कर्मचारीलाई एक पत्र लेख्दै भनेका छन्– विश्वको नं. २ स्थानमा पर्न सफल हुनु साओमीको इतिहासको महत्वपूर्ण कोसेढुंगा हो । अत्यन्त कठिन परिस्थितिमा पाँच वर्षको सेल्फ इम्प्रुभमेन्ट पछि, शाओमीको उत्पादन क्षमताहरूमा उल्लेखनीय सुधार देखिएको छ । उनीहरूले प्रीमियम मार्केट सेक्टरको लागि सही मार्ग निर्देशन गरेका छन् र यसको बजार हिस्सालाई बढाइरहेका छन् । साओमीले निरन्तर यसको मुख्य क्षमताहरू बलियो बनाउनेछ र दोस्रो स्थानको स्मार्टफोन ब्रान्डको रूपमा यसको अग्रतालाई कायम गर्नेछ ।’

२०२० को चौथो त्रैमासमा साओमीको ग्लोबल सिपमेन्ट ३१.५ प्रतिशतको एयर अन एयर वृद्धिका साथ पहिलोपटक एप्पललाई उछिन्दै तेस्रो स्थानमा पुगेर ४३.४ मिलियन युनिट पुगेको थियो । २०२१ को प्रथम त्रैमासिकमा १५ प्रतिशतको ग्लोबल स्मार्टफोनको बजार हिस्साका साथ एप्पल दोस्रो स्थानमा उक्लियो । जसलाई साओमीले आफ्नो मार्केट शेयरको १४ प्रतिशतका साथ पछ्याएको थियो ।

साओमीले २०२० मा आर एन्ड डीमा करीव आरएमबी १० अरब लगानी गरिसकेको छ । यस वर्ष यो संख्या ३०–४० प्रतिशतलेले बढ्ने आशा गरिएको छ । २०२१ को शुरुआतमा, साओमीले आफ्नो इतिहासमा सब भन्दा धेरै ५ हजार इन्जीनियर भर्ना गरेको छ । यसैबीच, शाओमीले टेक्नोलोजी ट्यालेन्टको लागि १० लाख अमेरिकी डलर पुरस्कार योजना ल्याएको छ । युवा इन्जिनियरको लागि इन्सेन्टिभ योजना, बहुप्रतिभाशाली योजना जस्ता योजना ल्याएका छन् । साओमीले करिब ७ सय इन्जिनियरहरूलाई जुलाई महिनाको इन्सेन्टिभ प्लानको अनुसरण गर्दै १६ मिलियनको शेयर प्रदान गरिएको थियो ।

ईन्जिनियरहरुको प्रतिभा र योगदानका कारण साओमीले नयाँ नयाँ मोडल र प्रविधियुक्त स्मार्ट फोन बजारमा ल्याउन सफल भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *