महाबचत बजार याेजना सुरु गर्दै दराज

काठमाडौँ  । अनलाइन बजार कम्पनी दराजले दराज महाबचत बजार अभियान सुरु हुने घोषणा गरेको छ । ग्राहकका लागि बचत प्रबर्द्धन गर्ने उद्देश्यले सुरु उक्त योजना ल्याएको कम्पनीले जनाएको छ ।

उक्त योजना अन्तर्गत दराजले ग्राहकलाई ४ हजारसम्मको छुट, बैंक कार्ड वा आइएमई पेमार्फत अनलईन भुक्तानी गरेका २ हजारसम्मको छुट रु. १ मा आईफोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो जित्ने मौका, निःशुल्क डेलिभरी, निःशुल्क भौचर तथा अन्य पुरस्कारहरु समेतको व्यवस्था गरेको जनाएको छ ।

उक्त योजनाअन्तर्गत नबिल बैंक, सानिमा बैंक, माछापुच्छे बैंक र एनएमबी बैंकका कार्डबाहकहरुले अग्रिम भुक्तानीमा आकर्षक छुट पाइने जनाएको छ ।

उक्त बैंकका डेबिट कार्डबाहकले १५ प्रतिशत (१ हजार ५ सय सम्म) र क्रेडिट कार्ड बाहकले कार्ड प्री–पेमेन्टमा २० प्रतिशत (२ हजारसम्म) छुट पाउनेछन् । यो अफर सिमित समयको लागि मात्र उपलब्द रहेको कम्पनीले जनाएको छ।
यसैगरी, ग्राहकहरु आफ्नो आईएमई पे खाता मार्फत प्री(पेमेन्ट गरेर मूल्य अझ कम गर्न सक्ने जनाएको छ । पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशतसम्म सम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्ड मार्फत प्री(पेमेन्टी गरेमा १५ प्रतिशत (रु ५ सय) सम्म छुट र भिसा क्रेडिट कार्ड मार्फत पूर्व (भुक्तानीमा २० प्रतिशत (५ सय रूपैयाँ) छुट पाउन सक्ने छन ।

दराज महाबचत बजारमा प्रदशीन गरिने ‘खेल एक रुपैयाँ’ मा भाग लिये ग्राहकहरुले रु १ लाख ३३ हजार मूल्यको आई फोन १२ र रु ५० हजारको श्री बालाजी हिराको झुम्का जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्ने छन्। यसैगरी अरु अन्य पुरस्कार पनि उपलब्ध छन् । खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड वा आफ्नो आईएमई पे खाता प्रयोग गरी १ रुपैयाँ भुक्तानी गर्न सक्दछन् । येदि जितेनन् भने रकम फिर्ता जनाएको छ ।

दराज महाबचत बजारमा नयाँ सामसंग एफ २२ स्मार्टफोनको लन्च हुनेछ भने विभिन्न किसिमका उत्पादन कोटीहरूमा मूल्य कटौती पनि प्रदर्शन हुनेछ । शीर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै सुजुकी, सामसुङ, पानसाेनिक, मोटोरोला, सीजी डिजिटल, एर्क, लोट्टो, टाइटन, गोल्डस्टार, मसला बीड्स, वाइल्डस्टोन, र मीमीले आफ्नो अन्य उत्पादनहरूमा विशेष छूट प्रदान गर्दैछन्।

‘७०, हजार भन्दा बढी अर्डरको साथ दराज महा बचत बजारले गत वर्ष धेरै राम्रो प्रदर्शन गरेको थियो । यस वर्ष, ग्राहकहरूले अनलाइन पूर्व–भुक्तानी र आईएमई पेमार्फत अझ बढी बचत गर्न सक्नेछन् । ग्राहकले ६ लाख भन्दा बढी उत्पादनहरू मद्दे छनौट गर्न सक्दछन् भने हाम्रो १० हजार भन्दा बढी विक्रेता रदराज आफैं पनि पूर्ण ग्राहक सन्तुष्टिको डेलिभर गर्न तयार छन् । यसै गरि हामी छूट, एफबी लाइभ भिडियो, प्रतियोगिता र प्रस्तावहरूको साथ एक रमाईलो अभियानको लागि आशा गरिरहेका छौं’–दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *