नेप्सेमा ९७ अंकको वृद्धि, साढे ११ अर्बभन्दा माथिको कारोबार

काठमाडौं । नयाँ आर्थिक वर्ष र नवगठित सरकारलई सेयर बजारले स्वागत गरेको छ । नयाँ आर्थिक वर्ष २०७७/७८ को पहिलो कारोबार दिन आइतबार परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक समेत १९.५५ अंकले बढेर ५६०.९६ अंकले बढेको छ ।

यस दिन २ सय २१ कम्पनीका २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर ११ अर्ब ६३ करोड ८१ लख २६ हजार ४ सय ९३ रुपैयाँमा कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ ओटै समूहगत कम्पनीका सूचकहरु हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ६४८.४६ अंकले बढेको छ ।

यस दिन कमाउनेहरुमा हिमालयन पावर पार्टनर, सिँगटी हाइड्रो इनर्जी, सिद्धार्थ र्बैंक लिमिटेड, सिन्धु विकास बैंकका सेयर धनी रहेका छन् । यी कम्पनीको सेयर मूल्य ८ देखि १० प्रतिशतसम्म बढेका छन् ।

नवगठीत सरकारका नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार जनताका लागि लाभदायक भनेर दिएको अभिव्यक्तिले पनि नयाँ यस दिनको बजारलाई भावनात्मक रुपमा उछाल्न सहयोग गरेको अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *