प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ
२०७८ साउन ३ गते

सांकेतिक तस्बिर
भक्तपुर । सूर्यविनायक नगरपालिका-८ जगातीमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा भक्तपुर जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई मादक पदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्रममा हातपात गरेपश्चात् उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०७८ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








