एकनाले भरुवा बन्दुकसहित पक्राउ
२०७८ साउन ३ गते

पाँचथर । फिदिम नगरपालिका-९ लुङफाबुङस्थित गोरेटो बाटो बस्ने ३० वर्षीय शुक्रराज राईलाई १ थान एकनाले भरुवा बन्दुकसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त भरुवा बन्दुक लोड गरी लिई सोही ठाउँस्थित बाटोमा हिँडिरहेको अवस्थामा प्रहरी चौकी नवमिडाँडाबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०७८ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








