देउवालाई विश्वासको मत : उपेन्द्र पक्ष छलफलमा, महन्थ पक्ष अनिर्णित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षको संसदीय दलको बैठक जारी छ । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा जारी छ ।

बैठकमा भट्टराई–यादवपक्षीय सांसदहरुको सहभागिता छ । मकालुखबरसँग एक सांसदले भने— ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने भएपछि बैठक बसेको हो । बैठकले विश्वासको मतबारे छलफल गरिरहेको छ ।’ विश्वासको मत दिनुहुन्छ ? भन्ने जिज्ञासामा ती सांसदले भने— ‘सबै नेताहरुले दिउँ नै भन्नुभएको छ । यस अर्थमा सायद दिइन्छ होला ।’

उता महन्थ ठाकुर–राजेन्द्र महतोपक्षीय जनता समाजादी पार्टीले भने निर्णय गरिनसकेको बताएको छ । सांसद एकवाल मियाँले मकालुखबरसँग भने— ‘त्योबारे निर्णय भइसकेको छैन । अध्यक्षज्यूले जे भन्नुहुन्छ हामी त्यही गर्छौँ ।’

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागदाबीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा भट्टराई–यादव पक्षका १२ जना सांसदहरुले हस्ताक्षर गरेका थिए ।

भट्टराई–यादव पक्षमा अहिले सांसदहरुको संख्या बढेको ती नेताले बताएका छन् । दाबी गर्दै ती नेताले भने— ‘उताका ६/७ जना साथीहरु यता आउनुभएको छ । हामी बहुमतसिद्ध भयौँ ।’ ती नेताकाअनुसार आफ्नो खेमामा अहिले १७ जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =