एनआरएनए १० औं साधारणसभा कात्तिकमा, अनलाइन प्रणालीबाट निर्वाचन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं साधारणसभा आगामी कात्तीको ६ गतेदेखि ८ गतेसम्म आयोजना हुने भएको छ । शनिबार भएको ७८ औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को वैठकले यस्तो निर्णय गरेको हो । बैंकले साधारणसभाका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा साधारणसभा आयोजनक समिति गठन गर्ने निर्णयसमेत गर्ने जानकारी दिएको छ।

बैंकले निर्वाचनमा भाग लिने प्रतिनिधिसँग यस पटक कुनै शुल्क नउठाने निर्णय गरेको छ । यसअघिका सबै सम्मेलन तथा साभारणसभामा सहभागीहरुले शुल्क तिर्ने गरेका थिए ।

त्यस्तै, उम्मेदवारी मनोनयकका लागि अघिल्लो आर्थिक वर्ष तोकिएकै दरको शुल्क लिने निर्णय पनि गरेको छ ।

बैठकले संघको निर्वाचनसम्बन्धी नियमावली, एनआएन फाउन्डेशन आर्थिक नियमावली लगायत विभिन्न १९ नियमावली संशोधन गरकेो छ । बैठकले आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत पारित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *