निर्वाचन आयोगमा जसपा विवादमाथि बहस जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को दुई खेमाबीचको विवादमाथि निर्वाचन आयोगको इजलासमा बहस जारी छ । नेता केशव झाकाअनुसार बहस बिहान ११ बजेदेखि नै जारी छ । अहिले दुवै तर्फका अधिवक्ताहरुले आ–आफ्नो बहस जारी राखेका छन् ।

जसपाको डा. बाबुराम भट्टराई–उपेन्द्र यादवपक्षीय पार्टी आधिकारिकताको दाबी गर्दै आयोग पुगेपछि आयोगले बहस तथा सहमतिको लागि आज बोलाएको थियो । तत्अनुसार जसपाको दुवै खेमा आज आयोग पुगेका छन् ।

दुवै खेमाले पार्टी अलग गर्ने भनि पत्रमा हस्ताक्षर गरेपछि आयोगले पार्टीको आधिकारिकतासम्बन्धी विवाद समाधानका लाग इजलास गठन गरी बहस सुरु गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 2 =