देउवालाई विश्वासको मत दिने माओवादीको निर्णय
२०७८ साउन ३ गते

|माओवादी बैठक। तस्बिरः नेता हितबहादुर तामाङ|
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको हलमा आइतबार (आज) बसेको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।
गत असार २८ गतेको सर्वोच्चको निर्णयपछि प्रधानमन्त्री बनेका देउवाले आजै विश्वासको मत लिँदैछन् । देउवाको प्रधानमन्त्रीत्व कायमका लागि १३६ जना सांसदको समर्थन चाहिन्छ । जसमा सिधा रुपमा हेर्दा देउवाको साथमा १५३ सांसद छन् । तर, विपक्षी एमालेभित्र भने किचलो बढ्न थालेको छ । यसैले विपक्षी एमालेका सबै सांसदहरुले विश्वासको मत नदिन सक्छन् । एमाले सचिव भीम आचार्यले भने— ‘एमाले विभाजन गर्ने षड्यन्त्रसहित आजै विश्वासको मत लिन खोजिएको छ ।’
२०७८ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








