सेयर बजारबाट उठ्यो १४ अर्ब पूँजीगत लाभकर

आर्थिक वर्ष २०७७/७८ मा पूँजीबजारबाट १४ अर्ब रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । अघिल्ला आर्थिक वर्षहरुमा वार्षिक १ अर्ब हाराहारीमा पूँजीगत लाभकरण संकलन हुनै दाएको पूँजीबजारबाट यस आर्थिक वर्ष उक्त परिमाणको लाभकर संकलन भएको हो ।

गत आर्थिक वर्षमा मासिक १ अर्बभन्दा बढी पूँजीगत लाभकर संकलन भएको हो । पूँजीबजार अनलाइन प्रणालीमा गएसँगै पूँजीबजरामा कारोबार गर्न नयाँ प्रवेशीहरुको संख्या बढेको छ । साथै पुराना तथा ठूला लगानीकर्ता अझ सक्रिय भएको, नयाँ लगानीकर्ताले पनि कारोबार बढाएको र कोभिड प्रभावका कारण लगानीका अन्य क्षेत्र प्रभावित हुँदा पूँजी बजारमा लगानी गर्नेको संख्या र कारोबार रकम दुबै बढाएको छ ।

कारोबार रकम बढ्दा परिसूचकले हालसम्मकै उच्च बिन्दु २९ सयभन्दा माथि पुगेको थियो । दैनिक झण्डै १९ अर्ब ५५ करोड रुपैयाँसम्मको कारोबार भएको थियो ।

सीडीएससी क्लियरिङ हाउसको तथ्यांक अनुसार डिम्याट खाता खोल्नेको संख्या ३७ लाख ३६ हजार ९ सय २६ पुगेको छ । मेरो सेयरमा खाता खोल्नेको संख्या २८ लाख ५२ हजारभन्दा बढी पुगिसकेको छ ।

अनलाइनबाट सेयर कारोबारका लागि टिएमएस लिनेको संख्या समेत ९ लाख ९१ हजार ९ सय ५३ पुगिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *