पत्रकार बुढाथोकीलाई धम्की दिनेलाई कारबाही गर्न महासंघको माग

काठमाडौँ । नेपाल पत्रकार महासंघले लुम्बिनी सञ्चार डटकमका प्रधानसम्पादक तथा महासंघ सदस्य गजेन्द्र बुढाथोकीलाई धम्की दिनेलाई कारबाही गर्न माग गरेको छ । बुढाथोकीमाथि कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालको व्यवस्थापनको तर्फबाट नाम तोकेर छानबिन गर्न र तह लगाउन निर्देशन दिँदै माइन्युट गराएको भन्दै महासंघले आपत्ति जनाएको हो ।

उक्त घटनाबारे महासंघको ध्यानाकर्षण भएको महासचिव रोशन पुरीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केही दिनयता नचिनेको नम्बरबाट फोन गरी ज्यानलाई असुरक्षित हुने किसिमका धम्की आएकाले ज्यानको असुरक्षा भएको पत्रकार बुढाथोकीले महासंघलाई जानकारी गराएका थिए ।

बोटलर्स नेपालको ७३ प्रतिशत सेयर नेपाललाई थाहै नदिई नेपाल बाहिरै किनबेच गरिएको सन्दर्भमा २०७७ मंसिरदेखि राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको विषयमा पत्रकार बुढाथोकीले फलोअपसहित समाचार लेखेपछि बोटलर्स नेपालको व्यवस्थापनले ट्रेड युनियनका प्रतिनिधिलाई धम्की दिई पत्रकार बढाथोकीको नामै तोकेर बैठकमा तह लगाउन ट्रेड युनियनका केही पदाधिकारीलाई निर्देशन दिएर माइन्युट गराएको थियो ।

‘प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकार बुढाथोकीका विषयमा यस किसिमको निर्णय र निर्देशन गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको काम हो,’ पत्रकार महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्ता हर्कतले पत्रकारको सुरक्षालाई थप चुनौतीपूर्ण बनाएको महासंघको ठहर छ ।

यस्तो छ विज्ञप्ति :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =