प्रदेश २ : आफ्नै पार्टीका मन्त्रीलाई हटाएर माओवादीलाई मन्त्री

जनकपुरधाम । प्रदेश नं. २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएको छ । माओवादीले एक मन्त्री र एक राज्यमन्त्रीसहित प्रदेश २ सरकारमा सहभागिता जनाएको हो ।

संसदीय दलका नेतासमेत रहेका माओवादी सांसद भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी दिइएको छ भने र रुबी कर्णलाई सोही मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएकी हुन् ।

नवनियुक्त मन्त्री साहलाई शनिवार दिउँसो प्रदेश प्रमुख राजेश अहिराजले पद तथा गोपनीयताको शपथ ग्रहण गरा एभने राज्यमन्त्री कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

यसअघि माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन जसपा उपेन्द्र यादव समूहले आफ्नै पार्टीबाट मन्त्री बनेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री रहेका सरोज सिंह कुशवाहालाई शनिबार बिहानै राजीनामा दिन लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *