मौद्रिक नीति साउन ८ भित्र ल्याउने तयारी

काठमाडौं । सरकार परिवर्तनसँगै नयाँ मौद्रिक नीति ल्याउनसमेत केही दिन ढिलो हुने भएको छ । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटका लक्षित उद्देश्य परिपूर्ति गर्न सघाउने किसिमका नीतिगत व्यवस्था सहित ३ साउनभित्रै मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक लागेको थियो । तर, नयाँ सरकारका नयाँ प्राथमिकता र नीतिलाई सम्बोधन गर्न मौद्रिक नीति पनि केही ढिलो हुने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ८ साउन शुक्रबारभित्र नयाँ मौद्रिक नीति ल्याउने गरी तयारी भइरहेको मकालुखबरसँग बताए ।

‘हामी मन्त्री ज्यूलाई मौद्रिक नीतिलगायत विषयमा बिक्रीङ गर्ने क्रममै छौं,’ गभर्नर अधिकारीले भने, ‘पूर्व गभर्नरलगायतसँग १/२ ओटा अन्तरक्रिया पनि बाँकी छ । बोर्डमा लान बाँकी छ । यी काम भएपछि बजेट ल्याउन सकिन्छ ।’

नयाँ सरकार आएकोले पहिलाको सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई संसदमा लाने तयारी छ । ३ साउनभित्रै संसद बैंक सुरु हुन्छ । संसदमा बजेट पेश गरेर पारित भएपछि बजेटको आकार र लक्ष्यभित्रै बसेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ ।

आर्थिक वर्ष सुरु भएको पहिलो साताभित्र मौद्रिक नीति ल्याउने परम्परा रहँदै आएकोले यस पटक पनि त्यही समय तालिकामै आउने र नीतिगत व्यवस्था खासै परिमार्जन नुहने उनले बताए ।

‘बजेटका प्राथमिकता पनि धेरै परिवर्तन नहोलान्,’ उनले भने, ‘बजेटको प्राथमिकता र आकारभित्रै बसेर नीति आउने छ राष्ट्र बैंक स्वायत्त निकाय पनि भएकोले यसले आफ्नो काम गरोस् भन्ने मन्त्री ज्यूको पनि चाहना छ ।’

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *