प्रदेश १ मा कोरोना संक्रमण एकैदिन दोब्बर

विराटनगर । प्रदेश १ मा कोरोनाको संक्रमणदर दोब्बरले बढेको छ । बिहीबार ३०९ जनामा कोरोना संक्रमण देखिएकोमा त्यसको दर शुक्रबार दोब्बर भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बिहीबार १ हजार १०२ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र १४४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार प्रदेश १ मा ८३९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या सबैभन्दा धेरै मोरङमा ३३० जना छन् ।

सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६-६, संखुवासभा र तेह्रथुममा ४-४, पाँचथरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १२१, सुन्दरहरैचामा ६३, उर्लाबारीमा ४२, बेलबारीमा ३३, लेटाङमा १८, पथरीशनिश्चरेमा १४, बुढीगंगामा ९, रंगेली र कानेपोखरीमा ५–५, रतुवामाई र कटहरीमा ४–४, जहदा, सुनवर्षी, ग्रामथान र मिक्लाजुङमा २-२, केराबारीमा १, स्थानीय तह नखुलेका ३ जना छन् ।

सुनसरीको इटहरीमा १७७, धरानमा ७२, बराहक्षेत्रमा १४, इनरुवामा ७, रामधुनीमा ८, बर्जुमा ५, दुहवी र भोक्राहानरसिंहमा ४-४, गढीमा २, देवानगञ्ज र हरिनगरमा १-१, स्थानीय तह नखुलेका ११ जना छन् । झापाको दमकमा ३१, विर्तामोडमा २४, कन्काई र भद्रपुरमा ११-११, अर्जुनधारामा ९, मेचीनगर र शिवसताक्षीमा ६-६, बुद्धशान्ति र गौरादहमा ४-४, कमल गाउँपालिकामा २, हल्दिबारी, कचनकवल,गौरीगञ्ज र झापा गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी उदयपुरको त्रियुगामा ७, चौदन्डिगढी र ताप्लीमा ४-४, बेलका र स्थानीय तह नखुलेका ३-३, कटारी र उदयपुरगढीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा १०, महालक्ष्मीमा ४, साँघुरीगढीमा १, इलामको इलाम नगरपालिकामा ३, रोङ र सुर्योदयमा १-१, भोजपुरको भोजपुर नगरपालिकामा ३, पौवादुङमा, टेम्केमैयुङ र स्थानीय तह नखुलेका १-१ रहेका छन् ।

संखुवासभाको खाँदबारीमा २, चिचिला र चैनपुरमा १-१, तेह्रथुमको फेदाप र लालीगुराँसमा १-१ र स्थानीय तह नखुलेका २, पाँचथरको कुम्बायक, याङवरक र स्थानीय तह नखुलेका १-१, ताप्लेजुङको आठराई त्रिवेणीमा १, ओखलढुङ्गामा १, खोटाङमा १ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७७ हजार ७७६ पुगेको छ । संक्रमित भएकामध्ये ७० हजार ४३० संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९११ जना रहेको छ । आज ३६८ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ३ हजार ५०९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ३८४ महिला र ४५५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

स्थानीय प्रशासनले कोरोना संक्रमणदर घटेको निष्कर्ष निकाल्दै लकडाउन खुकुलो पारेसँगै संक्रमितको संख्या बढेको हो । अहिले बजार, पसल, सार्वजनिक यातायात निर्वाध खुलेसँगै कोरोना संक्रमणदर बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *