आर्थिक श्वेतपत्र ल्याउने र बजेट अध्यादेश संसदमा लाने तयारीमा अर्थमन्त्री शर्मा

काठमाडौं । नवगठित सरकारका अर्थमन्त्री जनार्दन शर्माले तत्कालको वास्तविक अर्थतन्त्रको अवस्थालाई समेटर आर्थिक स्वेत पत्र ल्याउने बताएका छन् ।

अर्थमन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएका हुन् । अर्थतन्त्रको वास्तविकता बारे स्ष्ट रुपमा जानकारी दिने गरी सम्पूर्ण सूचकहरुलाई समेटर श्वेतपत्र जारी गरिने उनलको भनाइ छ । स्वेतपत्रले देखाउने आर्थिक जगबाट नै अर्थतन्त्र उकास्ने दिशामा काम गर्ने मन्त्री शर्माको तयारी छ ।

यसअघि केपी ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पनि आफू अर्थमन्त्री हुनासाथ आर्थिक सूचकहरुलाई समेटेर श्वेत पत्र ल्याएका थिए । यद्यपी, त्यस्ता सूचकहरुको आधारलाई निकै कम विन्दुमा देखाउने गरी उनले श्वेतपत्रमा उल्लेख गरेको भन्दै आलोचना समेत भएको थियो ।

अब मन्त्री शर्माले ल्याउने श्वेतपत्रमा पनि यसअघि अर्थतन्त्रमा देखिएका सूचक र प्रगतिबारे जानकारी दिइने छ ।

ओली सरकारले ल्याएको बजेट अध्यादेश संसदमा लाने

अर्थमन्त्री शर्माले ओली सरकारले ल्याएको बजेट अध्यादेशलाई संसदमा पेश गर्ने समेत उक्त कार्यक्रममा बताएका छन् । उनले ओली सरकारले ल्याएको बेजट अध्यादेश परिमार्जनसहित संसदमा पेश गरेर पारित गर्ने तयारी रहेको पनि बताए ।

ओली सरकारले ल्याएका बजेट अध्यादेशलाई राम्रारी अध्ययन गरेर मात्रै आफूले बजेटबारे प्रतिक्रिया दिने समेत उनले कार्यक्रममा बताएका छन् ।

पूँजीबजार जनताको हितमा

मन्त्री शर्माले पूँजी बजार जनताको हितमा रहेको समेत बताएका छन् । उनले राजस्व संकलनको स्रोत भएको तथा आम नागरिकले समेत प्रतिफल कमाउने सक्ने गरी बजारको विकास हुँदै गएकोले यो जनताको हितमा रहेको बताए ।

समग्र अर्थतन्त्रको अवस्थाबारे आफू अध्ययनकै क्रममा रहेको भन्दै उनले अध्ययनपछि स्वेत पत्र ल्याउने र उक्त स्वेतपत्रमार्फत नै आगामी कार्यदिशा तथा लक्ष्य समेत र्धिारण हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *