मर्स्याङ्दीमा पानीको बहाव बढ्यो, चामेको लोकप्रिय माविमा क्षति

पोखरा । अविरल वर्षाका कारण मनाङस्थित मर्स्याङ्दी नदीको बहाव बढेको छ । नदीमा पानीको सतह बढ्नुका साथै नदीको धार मोडिएर बस्तीतिर हानिएको छ ।

मर्स्याङ्दीका कारण चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय भत्किएको त्यहाँका सिंचाई कार्यालय प्रमुख ढाकाराम आचार्यले जानकारी दिए ।

‘बस्तीमै पसेको छैन । तर धार केहि फेरिएको छ,’ उनले भने, ‘हेर्दाहेर्दै स्कुलको जमीन बग्न थाल्यो ।’ चामेबाट मनाङ गाउँतर्फ जोड्ने झोलुंगे पुलको दायाँतर्फको जीप बगाएको छ । लगातार बाढीले हान्दा बेलिब्रिजमा पनि असर परेको छ ।

असार १ गतेको बाढीले मनाङको सदरमुकाम चामेसहित धारापानी, थोंचे, दानाक्यूलगायत बजारमा क्षति पुगेको छ । त्यसयता लगातार बाढी आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 15 =