सुदूरपश्चिमका शिक्षक आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना

धनगढी । पेशागत हकहित तथा शिक्षाको गुणस्तर सुधारका लागि विगतमा गरिएका सम्झौता कार्यान्वयन हुन नसकेको भन्दै सुदूरपश्चिम प्रदेशका शिक्षक आन्दोलित भएका छन् । अहिले शिक्षकहरुले विभिन्न ३४ बुँदे माग राख्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि धर्ना दिएका छन् ।

विगतमा शिक्षकहरुका ३० बुँदे माग सम्बोधन गर्ने गरी सम्झौता भएपनि कार्यान्वयन नहुदा पुनः आन्दोलित हुनु परेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका सुदूरपश्चिम इन्चार्ज सुमन कुमार न्यौपाने बताए ।

‘पहिलो चरणमा विभिन्न निकायलाई ज्ञापन पत्र बुझाएका छौं,’ उनले भने, ‘हामीसँग भएको सम्झौता कार्यान्वयन नभएपछि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छौं ।’ सरकारले अझै आफ्नो आवाज नसुने थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी उनको छ ।

नेपाल शिक्षक महासंघको आयोजनामा आन्दोलनका कार्यक्रम भइरहेका छन् । शिक्षकहरुले आफ्ना ३४ बुँदे मागमा विद्यालय कर्मचारीको तलब सुविधा, बालविकास शिक्षको तलब सुविधा, शिक्षक बढुवामा देखिएको समस्या समाधानलगायतका मागहरू अघि सारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =