के छ केयु र एमटियुबीचको सम्झौतामा ?

‘केयु र एमटियुबीच विज्ञान तथा प्रबिधिमा सहयोग आदान-प्रदान गर्ने सम्झौता भएको हो’

विराटनगर । काठमाडौँ विश्वविद्यालय (केयु) र मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियु)बीच एक आपसमा सहयोग आदान-प्रदानको लागि सम्झौता भएको छ । करिब २ वर्षअघि स्थापना भएको नेपालकै पहिलो प्राबिधिक विश्वबिद्यालय एमटियु र केयुबीच महत्वपूर्ण ३ बुँदामा सहयोग आदान-प्रदान गर्ने बारेमा सम्झौता भएको हो ।

दुई विश्वबिद्यालयका बिचमा अनुसन्धान सम्बन्धि अनुभव आदान-प्रदान गर्ने भन्ने सम्झौतामा उल्लेख भएको मनमोहन प्राबिधि विश्वबिद्यालयका उपकुलपति डा. सुवाश श्री पाखरेलले बताए । केयुका तर्फबाट उपकुलपति प्रा.डा.भोला थापा र एमटियुको तर्फबाट उपकुलपति डा. सुवास पोखरेलका बिचमा प्रबिधिमा विज्ञता आदान-प्रदान गर्ने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

यो सम्झौतापछि भर्खरै शुरु भएको एमटियु र पुरानो तथा सुबिधा सम्पन्न केयुका बिचमा विज्ञान तथा प्रबिधि क्षेत्रको विकासको लागि सहयोग आदान प्रदान शुरु हुनेछ । त्यस्तै विद्यार्थी र संकायहरुका बिचमा अनुभव आदान-प्रदान पनि हुनेछ । एमटियुसँग भएको कुनैपनि सुबिधा आवश्यक पर्यो भने केयुले उपभोग गर्न पाउनेछ भने एमटियुलाई आबश्यक परेको सुबिधा केयुबाट लिन सक्ने गरि सम्झौता भएको छ ।

केयुले मनमोहन प्रबिधिक विश्वविद्यालयलाई वार्षिक एउटा सिट अनुसन्धानमा आधारित स्नातकोत्तर गर्न उपलब्ध गराउने पनि सम्झौता भएको मप्राविका उपकुलपति पोखरेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *