अन्तरिक्ष पुग्न अर्बपतिको होडबाजी, अमेरिकीलाई उछिने बेलायतीले

काठमाडौं । अन्तरिक्षमा मान्छेले उपस्थिति जनाएको ठीक ६० वर्ष पुग्यो । सन १९६१ अप्रिल १२ मा तत्कालिन सोभियत संघकी युरि एलेक्सयेभिच गागरिन पुगेकी थिइन् । भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट गागरिन अन्तरिक्ष पुगेपछि देशहरु बिचको अन्तरिक्ष दौड सुरु भएको थियो । सोभियत संघ अन्तरिक्षमा पुगेपछि तत्कालिन अमेरिकालाई तनाव थपिएको थियो । र अमेरिकाले अन्तरिक्ष क्षेत्रमा लगानी बढायो । हुँदाहुँदै उसले सबैभन्दा पहिलोपटक चन्द्रमामा मानव पाइला राख्यो ।
सोभियत संघले अन्तरिक्षमा पाइला रोखेको आठ वर्षपछि अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्र«ङ र बज एल्ड्रिन सन १९६९ को जुलाइ २० मा चन्द्रमामा पुगे । अहिले अमेरिका, रुस र चीन अन्तरिक्ष क्षेत्रमा नेतृत्वदायी देशहरु हुन् । अमेरिका, रुस, जापान र युरोपको साझा अन्तरिक्ष स्टेसन छ । चीनले आफ्नै अन्तरिक्ष स्टेसन बनाउँदैछ । सन २०२२ भित्र बनिसक्ने बताइएको छ ।
I was once a child with a dream looking up to the stars. Now I'm an adult in a spaceship looking down to our beautiful Earth. To the next generation of dreamers: if we can do this, just imagine what you can do https://t.co/Wyzj0nOBgX #Unity22 @virgingalactic pic.twitter.com/03EJmKiH8V
— Richard Branson (@richardbranson) July 11, 2021
यसरी देशहरु अन्तरिक्ष क्षेत्रमा प्रतिस्पर्धा गरेको ‘ओपन सेक्रेट’ छ । अब अन्तरिक्ष दौडमा देशहरु मात्रै जोडिएका छैनन् । डलरका अर्बपतिहरु समेत जोडिएका छन् । आ-आफ्ना कम्पनी खोलेर उनीहरुले यो दौडमा सरिक भएका छन् । खासगरि अमेरिकी अर्बपति तथा वासिङटन पोस्ट तथा अमेजन कम्पनीका मालिक जेफ बेजोस, अर्का अर्बपति र टेस्ला कम्पनीका मालिक एलन मस्कदेखी बेलायती अर्बपति रिचर्ड व्य्रान्सन यो दौडको अग्रपंक्तिमा छन् ।
बेजोसको ब्लु ओरिजिन कम्पनी अन्तरिक्ष विमान बनाउन सन् २००० बाट दौडमा छ । मस्कको स्पेस एक्स सन २००२ बाट संचालनमा आएर अन्तरिक्ष जाने विमान बनाउन सक्रिय छ । बेलायती अर्बपति ब्य्रान्सनले भने सन २००४ भर्जिन ग्यालेक्टीक कम्पनी खोलेर अन्तरिक्ष पुग्ने विमान बनाउन सक्रिय छन् ।
बेलायतीले जितेको आफ्नै विमानबाट अन्तरिक्ष पुग्ने प्रथम अर्बपतीको दौड
अर्बपतिहरु आफ्नै अन्तरिक्षयानमा आफै अन्तरिक्ष पुग्नेमा पनि एक खालले प्रतिस्पर्धा थियो । केही महिना अगाडि जुलाई २० मा ब्लु ओरिजिनको अन्तरिक्षयानबाट अन्तरिक्ष जान अमेरिकी अर्बपति जेफ बेजोसले सार्वजनिक घोषणा गरेका थिए । तर, उनको घोषणाताका मौन भएका बेलायती अर्बपति ब्य्रान्सनले हल्लै नगरी उनीभन्दा अगाडि आफ्नो विमान कम्पनी भर्जिन ग्यालेक्टीकबाट अन्तरिक्ष पुगे ।
उनी जुलाइ ११ मा अन्तरिक्ष आफ्ना विमानका अन्य पाँच क्रू मेम्बरसहित अन्तरिक्ष पुगेको विभिन्न विश्व मिडियाहरुले उल्लेख गरेका छन । उनी दक्षिण पश्चिमी अमेरिकी राज्य न्यू मेक्सिकोबाट अन्तरिक्ष उडेका उनी एक घन्टापछि पृथ्वीमा आएको बिबिसीले उल्लेख गरेको छ । अन्तरिक्षमा गुरुत्वाकर्षण नभएर शरिर तौरिएका तस्बिरहरु ब्यान्सले आफ्नो सामाजिक संजालमा सार्वजनिक गरेका छन् । उनी समुन्द्र सतहबाट ८५ किलोमिटर माथिसम्म पुगेका थिए ।
स्पेस एक्सका एलन मक्सले न्यू मेक्सीकै पुगेर ब्यान्सलाइ बधाई दिएको संयुक्त तस्बिर सार्वजनिक भएको थियो । तर, प्रतिस्पर्धामा रहेका ब्लु ओरिजिनका जेफ बेजोजले व्याक्तिगत रुपमा बधाई दिएपनि संस्थाले भने ट्विटरबाट ब्यान्सन अन्तरिक्षमै नपुगेको तर्क गरेको छ । ब्लु ओरिजिनले सामाजिक संजालमा अन्तरिक्षको सुरुवात १०० किलोमिटर माथीबाट मात्रै हुने भन्दै ब्यान्सन नपुगेको तर्क गरेको छ ।
१०० किलोमिटर पुगेपछि आउने ‘कर्मान लाइन’बाट मात्रै अन्तरिक्ष सुरु हुने ब्लु ओरिजिनले लेखेको छ । तर, अमेरिकी सरकारले ८५ किलोमिटरदेखि अन्तरिक्ष सुरु हुने भएको भन्दै ब्य्रान्सन समर्थकहरुले तर्क गरेका छन् ।








