नेप्से ११ अंकले बढ्यो, ८ अर्ब माथिको कारोबार

काठमाडौं। साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ११ अंकले बढेर २८८३ विन्दुमा पुगेको छ । यस दिन ८ अर्ब रुपैयाँभन्दा बढीमा १ करोड १८ लाख कित्ता सेयर कारोबार भएको छ ।

कारोबारमा आएका २ सय २३ कम्पनी मध्ये १ सय १५ ओटा कम्पनीको मूल्य बढेको छ । ५४ कम्पनीको मूल्य घटेको छ भने १४ ओटा कम्पनीको मूल्य स्थिर छ ।

सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले, रैराङ हाइड्रो पावर कम्पनीको मूल्य ९ प्रतिशत हाराहारीले बढेको छ । सोल्टी, ओरियन्टल होटेललगायत कम्पनीको मूल्य घटेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *