सेञ्चुरी बैंकको कामु सीईओमा न्यौपाने

काठमाडौं। सेञ्चुरी बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गत साता पदबाट राजीनामा दिएपछि सीईओ पद रिक्त थियो । बैंक व्यवस्थापनले न्यौपानेलाई कामु सीईओमा नियुक्त गरेको हो ।

सीईओ गौतमको राजनीनामा साउन १ गतेबाट लागु हुने र त्यही दिनबाट नै न्यौपानले कामु सीईओको रुपमा नेतृत्व सम्हाल्ने बैंकले जनाएको छ ।

यसअघि न्यौपाने सेञ्चुरी र्बैककै नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । ३० असार २०७६ मा न्यौपाने बैंकका नायव सीईओ नियुक्त भएका थिए ।

उनी २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत थिए । लक्ष्मी बैंकबाट करिअर सुरु गरेका न्यौपानेले हिमालयन बैंक र सनराइृज बैंक गरी करिब १७ वर्षको अनुभव सम्हालेका छन् ।

उनले काठमाडौं विश्वविद्यालय वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *