माछापुछ्रेको ऋणपत्र जारी, ८.५ प्रतिशत ब्याज पाइने

काठमाडौं। माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको छ । बिहीबारबाट जारी गरेको उक्त ऋण पत्रमा आवेदन दिने म्याद ४ साउनसम्म रहने बैंकले जनाएको छ ।

१ हजार रुपैयाँ अंकित दरको उक्त ऋणपत्रमा कम्तिमा २५ कित्ताका लागि र बढीमा ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।

२०८७ सालमा परिपक्व हुने उक्त ऋणपत्रमा वार्षिक साढे ८ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । त्यस्तै ब्याजको भुक्तानी ६÷६ महिनामा गर्ने बैंकले जनाएको छ ।

३० लाख कित्ता ऋणपत्र मध्ये १२ कित्ता सर्वसाधारणलाई र बाँकी प्राइभेट प्लेशमेन्टमार्फत बिक्री गरिने भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *