सुनको भाउ ५ सय बढ्यो, प्रतितोला ९३ हजार ३ सय

काठमाडौं । सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । बिहीबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार भने बढेको हो ।

यस दिन चाँदीको मूल्य पनि ५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य बढेकोले नेपाली बजारमा समेत मूल्य बढेको महासंघले जनाएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८२६.४९ डलर र चाँदीको मूल्य प्रतिऔंस २६.६२ डलर पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *