अर्थमन्त्रीको निर्देशन– ‘काम छोडी चाकडीमा नआउनू’

काठमाडौं। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले काम छोडेर चाकडीमा नआउन कर्मचारीलाई आग्रह गरेका छन् । मन्त्री शर्माले बुधबार अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि कर्मचारीसँग भएको परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन् ।

राष्ट्रका लागि केही योगदान गर्ने उद्देश्यसहति आफू अर्थ मन्त्रालयको नेतृत्वमा आएको भन्दै उनले मन्त्री र कर्मचारीबीच दूरी हुनु नहुने र चाकडाका लागि र चाकडीको भाषा प्रयोग गरेर कोही पनि नआउन आग्रह गरे ।

मन्त्रालयका काम कारवाही र लक्ष्य प्राप्तीका लागि मन्त्री र कर्मचारी सबै हातेमालो गर्दै अघि बढ्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =