भारतमा थप ३८ हजार नयाँ सङ्क्रमित

भारत । भारतमा थप ३८ हजार ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३१ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले थप ४१ हजार जना सङ्क्रमणमुक्त भएका छन् । नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या पनि कम भएको छ ।

भारतमा अहिले पनि कोरोना सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या चार लाख २९ हजार ९४६ रहेको अधिकारीहरुले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण थप ६२४ जनाको मृत्यु भएको पनि मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड नौ लाख ४६ हजार ७४ पुगेको छ भने तीमध्ये तीन करोड एक लाख चार हजार ७२० जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोभिड-१९ बाट मृत्यु भएकाहरुको कुल सङ्ख्या  चार लाख ११ हजार ४०८ पुगेको मन्त्रालयले जनाएको छ ।

भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४३ करोड ५९ लाख ७३ हजार ६३९ जनाको स्वाब परीक्षण गरिसकेको छ । तीमध्ये १९ लाख १५ हजार ५०१ जनाको स्वाब परीक्षण जुलाई १३ मा भएको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म ३८ करोड ७६ लाख ९७ हजार ९३५ ओटा कोरोनाविरुद्धको खोप प्रयोग भएको छ । तीमध्ये ३७ लाख १४ हजार ४४१ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *