ओली बालकोट फर्किए (तस्बिरहरु)

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् । सर्वोच्च अदालतले कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि ओलीले निवास छाडेका हुन् ।

०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले करिब ४१ महिना बालुवाटारमा बिताए । ५ महिनाको अवधिमा २ पटक संसद् विघटन गरेपछि ओलीलाई सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट हटाउँदै देउवालाई बनाउन भनेको हो ।

नवनियुक्त प्रधानमन्त्री देउवाले शपथ ग्रहण गरिसकेका छन् । अब बालुवाटारमा देउवा बस्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *