सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
२०७८ असार ३० गते

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।
मंगलबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
२०७८ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








