स्थानीय तहमा विपदका आफ्नै समस्या

विराटनगर । सुनसरीको बराहक्षेत्र नागरपालिका सप्तकोशीको पीडा हरेक बर्ष झेल्ने स्थानीय तह हो । त्यस्तै खोटाङको हलेसी तुवाचुङ नगरपालिका सुख्खाग्रस्त क्षेत्र हो । पानी नपर्ने समस्याका कारण सँधै अनिकाल झेल्नु पर्ने बाध्यतामा यो पालिका रहेको छ ।

उता धनकुटाको साँगुरीगढी पहिरोका कारण समस्या झेल्दै आएको छ भने महालक्ष्मी नगरपालिकाले खोला र पहिरोका कारण विस्थापित हुनसक्ने आँकलन गरेर तयारीहरु गरिरहेको छ । हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राई पालिकामा हुने खाद्यान्न समस्याको बारेमा ध्यान दिन आग्रह गर्छन् । प्रदेश सरकारले खाद्यान्न संकट क्षेत्र घोषणा गरि सुख्खा समस्याको समाधानको लागि पहल गर्न आग्रह गरे । संवाद समूहले आयोजना गरेको संवादको क्रममा उनले ठाउँ अनुसारको बिपदका जोखिम रहेको बताए ।

बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले कोशी कटानको त्राससँगै पछिल्लो समयमा श्रीलंका टापुमा पोखरी खन्ने काम भएको जानकारीमा आएकोले त्यसले ठूलो क्षती निम्त्याउने अबस्था आएको बताए । ‘भुमाफियाले बस्तीमा चलखेल गर्दै । पोखरी खन्ने काम गरेका छन्,’ उनले भने, ‘पोखरीका कारण १२ सय घर सप्तकोशीको उच्च जोखिममा रहेको अवस्था छ ।’

धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शु नेपालले स्थानीय तहले आफ्नो थोरै श्रोत साधनको प्रयोग गरेर सुरक्षाको प्रबन्ध मिलाईएको भएपनि ठूला समस्यामा असहज अवस्था आउनसक्ने बताए । अहिले महालक्ष्मी नगरपालिकामा रहेके ७ घर पहिरोको उच्च जोखिममा रहेकोले उनीहरुलाई अन्यत्र सार्नको लागि प्रयास भईरहेको बताए ।

साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले पुर्ब तयारी अवस्थामा रहँदा रहँदै पनि ५० बढी परिवार पहिरोको जोखिममा रहेको बताए । त्यसको लागि त्रिपालको व्यवस्थापनको काम भईरहेको उनको भनाई छ । ‘हामीले स्थानीय तहबाट गर्ने सहयोग गर्दै आएका छौँ,’ उनले भने, ‘उच्च जोखिममा रहेका क्षेत्रका नागरिकलाई सुरक्षित ठाउँमा सार्ने काम भईरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *