नवजात शिशुको हत्या आरोपमा आमाबुबासहित चार पक्राउ

विराटनगर । मोरङको रंगेलीमा शिशु हत्याको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शिशुको हत्याको आरोपमा संलग्न रहेको भन्दै परिवारका ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

असार २७ गते राती ८ः३० बजेको समयमा रंगेली नगरपालिका-५ आँपगाछी टोल बस्ने अरूण मण्डलको श्रीमती २५ वर्षीया खुस्वु मण्डलले छोरीलाई जन्म दिएकी थिईन् । छोरी जन्मिएको थाहा पाएपछि उनीहरु तनावमा भए । छोरीलाई जन्म दिएपछि शिशुलाई ब्ल्याँकेटले घाँटी थिचेर बच्चालाई मारेको र उनीहरुकै आमा बुवाले संचालन गर्दै आएको रंगेली ५ स्थित चाँदनी चोकमा रहेको मदिरा पसलभित्र खाल्डो खनी गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

असार २८ गते बिहान ११ बजेतिर ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले घटनाको बारेमा छानविन थालेको थियो । घटनामा संलग्न रहेका बुवा ५० वर्षीय नागेश्वर मण्डल, आमा ४८ वर्षीया उर्मिला मण्डल र निजको श्रीमान २८ वर्षीय अरुण मण्डलसमेत खुश्बुलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए ।

पक्राउ परेका ४ जनाको सम्बन्धमा कर्तव्य ज्यान कसूरमा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *