नेप्सेमा १६ अंकको सुधार, कारोबार रकम साढे ५ अर्बमा सीमित

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से)मा सुधार देखिएको छ ।

यस दिन परिसूचक १६.३४ अंकले बढेर २८७१.०३ बिन्दुमा पुगेको हो । सेन्सेटिभ परिसूचक समेत यस दिन ४.७४ अंकले बढेर ५३९.५१ अंकमा पुगेको छ ।

यस दिन कुल २२३ कम्पनीका १ करोड २३ लाख ४८ हजार ३ सय ८९ कित्ता सेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २ सय २४ रुपैयाँमा कारोबार भएको छ ।

यस दिन जीवन बीमा समूहबाहेक अरु सबै समूहका समूहगत परिसूचक बढेका छन् ।

यस दिन सेन्ट्रल फाइनान्स कम्पनी, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स जस्ता वित्त कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *