प्रधानमन्त्रीको पक्षमा प्रदर्शन गर्दै युवा संघले भन्यो– सबैखाले फैसला मान्दैनौँ

काठमाडौं । राष्ट्रिय युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन गरेको छ । आफूहरुले सर्वोच्चको ‘सबैखाले फैसला नमान्ने’ बताउँदै नेता/कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । नेता/कार्यकर्ताहरुले ‘आयम् वीथ् केपी ओली’, ‘देशको मुहार केपी ओलीले मात्रै फेर्न सक्छ’लगायतका नाराहरु लगाउँदै प्रदर्शन गरेका हुन् ।

आइतबार (आज) प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुउपर अदालतको संवैधानिक इजलासले गरेको निर्णय सुनाएको छ । जहाँ, प्रतिनिधि सभा पुनःस्थापना भएको र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने आदेश छ ।

यसपछि कार्यकताहरु सडकमा उत्रिएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *