उच्च अदालतमा कार्यरत महिला कर्मचारी मृतावस्थामा फेला

मङ्गलबारे । इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् ।

पराजुली आज बिहान अदालत परिसरभित्र मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सोलुखुम्बु घर भएकी पराजुली कार्यालय सहयोगी पदमा काम गर्दै आएको बताइएको छ । पराजुलीको मृत्यु कसरी र के कारणले मृत्यु भयो भन्ने अझै पुष्टि हुन सकेको छैन ।

घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए । थप अनुसन्धानका लागि कुकुर मगाइएको उनले जानकारी दिए । श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि अन्य मान्छेलाई प्रवेश रोक लगाएर अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *