माई सेकेन्ड टिचरद्वारा २० जना कलाकार माग

काठमाडौं । ई-लर्निङ प्लेटफर्म माई सेकेन्ड टिचरले २० जना कलाकार मागेको छ । कम्पनीले शिक्षक र विद्यार्थीको भूमिका निर्वाह गर्नका लागि पुरूष र महिला गरी २० जना नेपाली कलाकार माग गरेको हो ।

माइ सेकेन्ड टिचरले शिक्षकको भूमिका निर्वाह गर्नका लागि १० जना र विद्यार्थीको भूमिका निर्वाह गर्नका लागि १० जना कलाकार आवश्यक भएको जनाएको छ । छनौट भएकालाई व्यक्तिको दक्षताअनुसार नेपाली र अन्तर्राष्ट्रिय पाठ्यक्रममा काम गर्ने अवसर दिइने समेत बताइएको छ ।

शिक्षकको भूमिकाका लागि २५ देखि ४५ वर्षसम्मका महिला र पुरूष दुवैले आवेदन दिन सक्ने माई सेकेन्ड टिचरले जनाएको छ । जसका लागि नेपाली अंग्रेजी दुवै विषयमा राम्रो दक्षता हुनुपर्नेछ ।

त्यस्तै विद्यार्थीको भूमिकाका लागि २५ वर्षदेखि ४५ वर्षसम्मका महिला र पुरूष दुवैले आवेदन दिन सक्ने बताइएको छ । जसका लागि पनि नेपाली, अंग्रेजी दुवैमा राम्रो दक्षता हुनुपर्नेछ ।

इच्छुक व्यक्तिले यहाँ क्लिक गरी आवेदन दिन र यसबारे थप जानकारी लिन सक्नेछन् । माई सेकेन्ड टिचर नेपालमा विकास भएको ई-लर्निङ प्लेटफर्म हो । हाल यो नेपालसहित विश्वका २० देशमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *