खोपका लागि अब तड्पिनु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप निरन्तर ल्याएर जनतालाई सुरक्षित पार्न लागि परेको बताएका छन् । आज बिहान महाबौद्धमा आयोजित एक कार्यक्रमका बिच वीर अस्पतालको सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

सन् २०२१ सम्म सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने उनको दाबी छ । ‘हामीले २०२१ सम्म सबै नेपालीलाई खोप लगाइसक्ने तयारी गरेका छौं । अब खोपको अभावबाट तड्पिन पर्दैन,’ उनले भने, ‘केही समय कस्तो भयो भने- यता खोज्यो नपाइने, उता खोज्यो नपाइने अवस्था थियो । अब नपाइने भन्ने हुँदैन । लगातार भ्याक्सिन आउँछ ।’

उक्त भवन २०७४ साल फागुनमा प्रधानमन्त्री ओलीबाट शिलान्यास भएको थियो । समयमै भवन निर्माण गरेकोमा शर्मा निर्माण कम्पनीलाई उनले धन्यवाद दिए । यो भवनमा यसअघि नै उपचार गर्न थालिएको थियो । भवनमा सेवा दिनका लागि आठ सय ३१ जनाको दरबन्दी स्वीकृत गरिएको छ । अब छिट्टै पदपूर्ति हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *