एमाले मोरङले वडा कमिटी र पालिकाको अधिवेशन गर्ने

विराटनगर । नेकपा एमाले मोरङले वडा कमिटी र पालिका कमिटीको अधिवेशन गर्ने भएको छ । एमाले मोरङले १५९ वटा वडा कमिटीमा भदौ ५ गते र १७ वटै पालिकामा भदौ १५ गते अधिवेशन गर्ने निर्णय गरिएको स्कुल विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिए ।

एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको जिल्ला कमिटीको बैठकले वडा कमिटी र पालिका कमिटीको अधिवेशन एकै दिन गर्ने तयारी गरिएको खतिवडाले बताए । जनसंगठनहरुले भेला तथा अधिवेशनबाट नयाँ कमिटी निर्माण भदौ मसान्तसम्ममा गरिसक्नु पर्ने बैठकले निर्णय गरेको छ ।

जिल्ला कमिटी बैठकले २०७८ सालको सदस्यता नविकरण आगामी साउन १५ गते भित्रमा गरिसकेर जिल्लामा नामावली र शुल्क बुझाई सक्नुपर्ने निर्णय गरेको छ । बैठकले विभिन्न पार्टीबाट आएका, विगतमा नेकपा हुँदा पार्टी सदस्य कायम भएका र एमालेमा रहेका सवैको पार्टी सदस्यता नविकरण गर्ने निर्णय गरेको स्कुल विभाग प्रमुख खतिवडाले जानकारी दिए ।

बाढी, पहिरोबाट हुन सक्ने जोखिमबाट बच्नका लागि आवस्यक सहयोग तथा स्वयंसेवकीय र सम्भावित जोखिमको रोकथाम र न्यूनीकरणका लागि आवस्यक भूमिका निर्वाह गर्न जनवर्गिय संगठनहरु राष्ट्रिय युवा संघ, अनेरास्ववियु, टे«ड युनियन महासंघ र अनेमसंघलाई आवस्यक सहयोगका लागि जिम्मेवारी दिएको छ ।

बैठकले आगामी भदौ भित्रमा सवै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउन संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ। एमाले केन्द्रिय सदस्य तथा प्रदेश १ सचिव विनोद ढकालले एमालेमा समानान्तर गतिविधि गरिरहेको समूहलाई अन्य पार्टीसँग गठबन्धन टुटाउन आग्रह गरेका थिए । अन्य पार्टीसँगको गठबन्धन टुटाएर पार्टीलाई बलियो बनाउने काममा एमाले एकताबद्ध हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =